एनएमबि बैंकले पायो ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुई प्रतिष्ठित अवार्ड

मंगलबार, ०८ मंसिर २०८३, १५ : २६

काठमाडौं- एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी तथा ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको योगदानको कदर गर्दै बैंकलाई ‘Excellence in Product Innovation’ र ‘Excellence in Consumer Debit Cards Business – Principal Client’ अवार्ड प्रदान गरिएको हो।

बैंकका अनुसार यी सम्मानले डिजिटल बैंकिङ तथा भुक्तानी प्रणालीको विकासमा बैंकले गर्दै आएका नवीनतम प्रयास र पहललाई थप प्रोत्साहन गरेको छ। ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले बैंकले आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै आएको छ।

एनएमबि बैंकले भरपर्दो डेबिट कार्ड सेवा तथा आधुनिक डिजिटल बैंकिङ सुविधामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको जनाएको छ। प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउनु बैंकको प्रमुख प्राथमिकता रहेको पनि बैंकले उल्लेख गरेको छ।

ग्राहकहरूको निरन्तर विश्वास र साथका कारण प्राप्त यस उपलब्धिले आगामी दिनमा अझ उत्कृष्ट तथा नवीन बैंकिङ सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकको भनाइ छ।

हाल एनएमबि बैंकले देशभर १९६ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

मंगलबार, ०८ मंसिर २०८३, १५ : २६

प्रतिक्रिया