काभ्रेमा डेङ्गी संक्रमितको संख्यामा वृद्धि, ५४ जनामा संक्रमण पुष्टि

मंगलबार, ०८ मंसिर २०८३, १६ : १४

काठमाडौं- काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन् । जिल्लाका चार स्थानीय तहमा डेङ्गी संक्रमण देखिएको छ ।

उनका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बनेपा नगरपालिकामा १९, मण्डनदेउपुर नगरपालिकामा नौ र नमोबुद्ध नगरपालिकामा दुई जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा भने जिल्लामा डेङ्गीका नयाँ सङ्क्रमित थपिएका छैनन् । कक्षपतिका अनुसार, जिल्लाका अन्य स्थानीय तहमा हालसम्म संक्रमण देखिएको छैन ।

मंगलबार, ०८ मंसिर २०८३, १६ : १४

प्रतिक्रिया