जब मुकेश अम्बानीकी छोरी ईशा अम्बानीले ९० करोडको कपडा लगाइन्

४ बर्ष अगाडि

धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी अलिबाबाको संस्थापक भएपछि उनी एशियामै सबैभन्दा धनि व्यक्तिको सूचिमा परे । उनी र उनका परिवारका सदस्य तथा उनको महल प्रायः चर्चामा आइरहन्छ ।

मुकेश अम्बानीको परिवारको चालचलनको बारेमा धेरैलाई थाहा भइसकेको छ । जहाँ उनकी पत्नी नीता अम्बानी पनि विभिन्न कारणले चर्चामा आइरहन्छिन् । भने उनका परिवारका हरेक सदस्य विभिन्न कारणले चर्चामा नै रहने गर्छन् ।

उक्त कपडाका कारण उनी सामाजिक सञ्जालमा निकै छाइन् । 

एक रिपार्टको अनुसार उनी एक कार्यक्रममा संसारकै सबैभन्दा महङ्गो कपडा लगाएर पुगिन् । जसको कारण उनी निकै चर्चित बन्न पुगिन् । उनले लगाएको उक्त पहिरनको मूल्य ९० करोड रुपैयाँ थियो । उनको कपडा हिराजडित थियो । जुन निकै चमकदार थियो ।

मुकेश अम्बानीको तीन जना छोराछोरी रहेका छन् । छोरी ईशा र दुई छोरा । ईशा ‘बिजनेस वुमन’ हुन् । उनको जन्म २३ अक्टुबर १९९१ मा भएको थियो । उनी परिवारमा सबैभन्दा कम उमेरकी करोडपति हुन् ।

एक रिपार्टको अनुसार २००८ को फोब्र्सको युवा बिजनेस वुमनको लिस्टमा ईशाको नाम दोस्रो नम्बरमा पर्न सफल भएको थियो । उनी आफ्ना दाईसँग मिलेर पिताको बिजनेस सम्हाल्छिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया