अधिकारीको जन्मघरबाट भट्टराईको चुनावी अभियान

कात्तिक २१, २०७६ | आजको अर्थ
ajaako_artha

आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपाकोतर्फबाट उम्मेदवार रहनुभएकी विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट अभियान शुरु गर्ने बताएका छन् । 

स्व रवीन्द्र अधिकारीको जन्म घर जहाँ रवीन्द्रले जीवनको बाल्यकालसँगै राजनीतिक जीवनको यात्रा शुरुआत गर्नुभएको थियो । उक्त स्थानबाट नै विद्याले चुनावी अभियानको शुरुआत गर्ने नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले जानकारी दिए । 
 
त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट राजिनामा दिएर निर्वाचनमा आउनुभएकी भट्टराईले उक्त स्थानका स्थानीयवासीसँग अन्तक्र्रिया र भेटघाट गरेर अभियान शुरु  गर्न लगाएका छन्। 
 
यसैगरी मनोनयन दर्ताको एक दिन मात्र बाँकी रहँदा नेकपासहित साना दल साझा पार्टी, विवेकशील नेपाली दल, समाजवादी पार्टी र राप्रपाले मात्र उम्मेदवार टुङ्गो लगाएका छन् । नेपाली काङ्ग्रेसले भने खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  

उम्मेदवारको टुङ्गो लागेसँगै कास्कीमा साना दल चुनावी अभियानमा सक्रिय बनिरहेका छन् । आ–आफ्नै एजेण्डाअघि सारेका अधिकांश उम्मेदवारमध्ये केहीको पुरानो राजनीतिक पृष्ठभूमि देखिन्छ भने केही नयाँ छन् । उम्मेदवारले विकास, समृद्धि र सुशासन एवं पहिचानलगायतका मुद्दालाई चुनावी एजेण्डा बनाएर घरदैलोमा पुग्दैछन् । 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल  र ८२ मतदान केन्द्र रहेको छ । उम्मेदवारले कात्तिक २१ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८