संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुबीच आगामी हप्ता दक्षिण कोरियाको राजधानी सोलमा वार्ता हुने भएको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको शुक्रबार प्राप्त एक समाचारमा उल्लेख गरिएको हो ।
दक्षिण कोरियाका रक्षामन्त्री जोङ क्योङ डु र अमेरिकी रक्षामन्त्री मार्क एस्परबीच हुने सो वार्ता वार्षिक रक्षामन्त्रीस्तरीय द्धिपक्षीय वार्ता हो ।
आगामी शुक्रबार हुन लागेको सो वार्ता दुई देशबीचको ५१ औँ सुरक्षा परामर्श बैठक पनि रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
उक्त वार्ताका क्रममा यी दुई देशबीचमा आपसी सुरक्षा सम्बन्ध मामिलाका विषयमा कुराकानी हुने बताइएको छ ।
यसका साथै कोरियाली प्रायद्धीपमा जारी सुरक्षाको अवस्था, उत्तर कोरिया एवम् अन्य क्षेत्रीय शुरक्षाका विविध विषयमा कुराकानी हुने पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता दुई पटकसम्म भएको छ । आगामी दिनमा पनि यी दुई देशबीचका वार्ताको सम्भावना रहेका समाचारहरु आएका छन् ।
यस अवस्थामा दक्षिण कोरिया र अमेरिकाका रक्षामन्त्रीहरुको वार्ता हुन लागेकोले यसलाई महत्वपूर्ण विषयका रुपमा पनि लिइएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।