चौतारीले बोलायो साधारण सभा, मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती दिइने

४ बर्ष अगाडि

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ।  

लघुवित्तले मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती सहित बोनस शेयर  वितरण गर्ने प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।

उक्त सभा पश्चात चौतारीले आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती दिनेछ ।

त्यस्तै आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई दिन लागेको १०।८९ प्रतिशत नगद लाभांश अनुमोदन पनि गर्नेछ ।

लघुवित्तको साधारण सभा पुस ९ गते दियालो फुडल्याण्ड, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया