टीसीएलले ल्यायो नेपाली बजारमा ६५ इन्चको टिभी

४ बर्ष अगाडि

काठमाडौं– अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वको दोस्रो ठुलो टीभी ब्राण्ड टीसीएल आफ्नो ग्राहक माझ नयाँ उत्पादन लिएर आएको छ । टीसीएलले ६५ इन्चमा पी८एम र पी८एस दुई मोडल नेपाली बजारमा भित्र्याएको हो ।

स्मार्ट टीभीको उत्पादन ९० को दशकमा भएको पाइन्छ, तर स्मार्ट टीभी के हो यकिन व्याख्या भनेको कसैले गरेको देखिदैँन । टीभीमा इन्टरनेट को प्रयोग गर्न मिल्ने विभिन्न सञ्जालहरु चलाउन मिल्ने हुँदा स्मार्ट भनिएको कम्पनीले बताएको छ । 

जती जती नयाँ स्मार्ट टीभीहरु उत्पादन हुन्छन् त्यतीनै नयाँ टीभीका एप्लिकेसनहरु अपग्रेड भएर आएका हुन्छन् । त्यसैले टीभीको स्मार्ट फिचरहरु पनि विभिन्न भर्सनमा आउने गर्दछ । 

आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिदै टीसीएलले पी८एम र पी८एस गरी दुई छुट्टा छुट्टै स्मार्ट टीभीका मोडल नेपाली बजारमा भित्राएको हो । दुवै टीभीहरु ६५ इन्चमा उपलब्ध छन् र दुवै ४के यूएचडीअन्तर्गत रहेका छन् । 


एनड्रोइडमा भ्वाइस सर्च, गुगल एसिस्टेन्ट, गुगल प्ले स्टोर, नेटफ्लिक्स, यूट्यूव र टी–जोन जस्ता विशेषटा यस एनरोइड टीभीमा भएको कम्पनीले बताएको छ ।

डीटीएस, प्रिमियम साउण्ड, डब्ली अडियो, ब्लूटुथ अडियो जस्ता यसका साउण्ड क्वालिटी रहेको छ । यस एनड्रोइड स्मार्ट टीभीको नेपाली बजारको आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया