चीन हुँदै नेपाल आएका साउदी अरबका नागरिक अस्पत्ताालबाटै भागे : कोरोना भाइरस संक्रमणको आशंका

४ बर्ष अगाडि

कोरोना भाइरस संक्रमणको आशंकामा जाँच गर्न पुगेका  साउदी अरबका नागरिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका छन् । 

चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरोले ग्रसित भएपछि जाँच गराउन सरुवा रोग अस्पत्ताल पुगेका थिए । 

एकसाताअघि अस्पताल पुगेका उनलाई कोरोना भाइरस संक्रमणको आशंकाका गरेर निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेको  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । 

'उनको कोरोना परीक्षण गर्न बाँकी थियो, अहिले खोजी भइरहेको छ’ प्रवक्ता श्रेष्ठले भने, 'भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न सकिएन ।’

पढ्नुहाेस् ​: कोरोना भाइरस संक्रमणको आशंकामा तीनजना टेकु अस्पताल भर्ना

यसअघि पोखराबाट पनि २ जना चिनीयाँ नागरिक फरार भएको समाचार सार्वजनिक भएको थियो । 

करिब २ हप्ताअघि २ चिनियाँ नागरिकलाई कोरोना भएको आशंकामा मणिपाल अस्पताल रेफर भएको समाचार सार्वजनिक भएपनि उनीहरु त्यहाँ उपचार गर्न पुगेनन् । 
समाचार सार्वजानिक हुँदा नै ९ दिनदेखि सम्पर्कबाहिर रहेका उनीहरु अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन् । 

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि मणिपाल अस्पताल गएर सोध्दा त्यहाँ कुनै पनि स्वास्थ्य परीक्षण नभएको बताएको थियो । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उनीहरूलाई कोरोना भाइरस नभएको बताएपनि उनीहरुको स्वास्थ्य परिक्षण नै नभएको जनाइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया