इरफान र करिनाको ‘अंग्रेजी मिडियम’को यस्तो छ ट्रेलर

फागुन १, २०७६ | आजको अर्थ
ajaako_artha

मुम्बई – बिगत २ वर्षदेखि ट्यूमरसँग संघर्षरत अभिनेता इरफान खान फिल्म ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी र सेन्टिमेन्टस्ले भरिपूर्ण ट्रेलर दर्शकले मनपराएका छन् ।

२ मिनेट ५५ सेकेण्डको ट्रेलर राधिका मदानको स्कूलबाट सुरु भएर लण्डन यूनिभर्सिटीमा पुगेर सकिन्छ । ट्रेलरमा फिल्मका सबै पात्र अटाएका छन् । ट्रेलरबाट फिल्मको मूल कथा प्रस्ट्याउने प्रयास गरिएको छ ।
फिल्म २० मार्च २०२० मा प्रदर्शन मिति तोकिएको फिल्ममा इरफान खान, राधिका मदान र करीना कपुर खान, दीपक डोबरियाल, डिम्पल कपाडिया लगायतको मुख्य भुमिका रहेको छ । 

छोरीलाई लण्डनमा पढाउन एक पिताले गर्ने संघर्षको कथामा बनेको फिल्म होमी अदजानियाले निर्देशन गरेका हुन् ।‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक हुनुभन्दा अगाडि इरफानले फ्यानलाई एक इमोसनल म्यासेज जारी गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८