एफएनसीसीआई चुनावः बरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधान बीच कडा प्रतिस्पर्धा हुने संकेत

४ बर्ष अगाडि

काठमाडौं – निजी क्षेत्रका व्यवसायीहरुको सबैभन्दा ठुलो संस्था नेपाल उद्योग बाणिज्य व्यवसायी संघ (एफएनसीसीआई) को आगमी अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल र किशोर प्रधान बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आगमी अधिवेशनका लागि ढकाल र प्रधानले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्, उनीहरुको समर्थनको माहोल र पछिल्लो अवस्था हेर्दा दुई जना बीच कर्डा प्रतिस्पर्धा हुने देखिएको छ ।
ढकालले आफ्नो गृह जिल्ला बागलुङबाट पौष ११ गते बागलुङ महोत्सवको उद्घाटन समारोह उम्मेदवारी घोषणा गरेका थिए । महासंघको बस्तुगत तर्फको उपाध्यक्ष समेत रहेका ढकालले बागलुङ उद्योग बाणिज्य संघको प्रस्तावमा उम्मेदवारी घोषणा गरेका थिए । यस्तै, महासंघको जिल्ला नगर तर्फको उपाध्यक्ष किशोर प्रधानले पनि बिहीबार बिराटनगरबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । 
महासंघको विधानअनुसार हालको बरिष्ठ उपाध्यक्ष पछि स्वत अध्यक्ष हुन पाउने व्यवस्था छ । सोही अनुसार हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा चैतमा हुने आगमी अबिधेशनबाट अध्यक्ष चयन हुदैछन् । उनले बैशाख १ गते अध्यक्षको जिम्मावारी सम्हाल्ने बताइएको छ । त्यसपछि भावी अध्यक्ष बन्ने योजना सहित ढकाल र प्रधानले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
ढकालले गृहजिल्लामा ३०÷४० भन्दा बढीको जिल्ला नगरको अध्यक्ष, केही केन्द्रीय सदस्य र उपाध्यक्ष उमेशलाल श्रेष्ठसहित उम्मेदवारी घोषणा गरेका थिए । श्रेष्ठ आफैमा बरिष्ठ उपाध्यक्षको लागि बलियो दावेदार थिए । तर, उनले चन्द्र ढकाललाई समर्थन जनाइसकेका छन् । जसअनुसार ढकालको समुह पनि बलियोसँग चुनाव मैदानमा उत्रि सकेको छ । 

ढकालको उम्मेदवारी घोषणा सभाः पुस ११, बागलुङ

ढकालको उम्मेदवारी घोषणा सभाः पुस ११, बागलुङ
 

यता, प्रधानको समुह पनि कम छैन । प्रधानले पुर्व अध्यक्ष पशुपति मुराका, भावी अध्यक्ष शेखर गोल्छा सहितको समर्थनमा उम्मेदावरी घोषणा गरेका छन् । साथै, पुर्व अध्यक्ष कुशकुमार जोशी र विनोदबहादुर श्रेष्ठको पनि उनलाई समर्थन  छ । साथै, ३५ जिल्ला नगर अध्यक्षको समर्थन रहेको बताइएको छ, जसअनुसार प्रधानको समुह पनि बलियो देखिएको छ । रोचक कुरा के छ भने, प्रधान गत अधिवेशनमा गोल्छासँग नै बरिष्ठ उपाध्यक्षमा हारेका हुन् । तर, अहिले गोल्छाले नै आफ्ना प्रतिस्पर्धीलाई समर्थन जनाएका छन् ।

प्रधानको उम्मेदवारी घोषणा सभाः फागुन १, विराटनगर
तर, ढकाल चुनाव नहुने भन्नेमा विश्वस्त छन् । अन्तिम समयसम्म आउँदा प्रधान पनि चुनावी मैदानबाट व्याक हुने र आफु निर्विरोध बरिष्ठ उपाध्यक्ष हुने उनको विश्वास छ ।
यता प्रधानको अभिव्यक्ति हेर्दा उनी व्याक हुने अवस्था देखिदैन । गत आवमा सोही पदमा हारेका प्रधान यसैपनि यो पटक पुनः उम्मेदावारी दिने नै थिए । त्यसमाथि उनले ढकाललाई व्याजदरमा व्यवसायीले भोगेको मर्का नबुझ्ने आरोप लगाउँदै आएका छन् । ढकाल नेपालको सबैभन्दा ठुलो बैंक ग्लोबल आईएमईका अध्यक्ष हुन् । बैंकिङ क्षेत्रका व्यक्तिले व्यवसायीको मर्का नबुझ्ने प्रधानको भनाइ छ ।
यसरी दुवै समुह बलियो रुपमा चुनावी मैदानमा उत्रिएपछि यसरी महासंघको आगमी चुनाव पहिलेको भन्दा कडा र रोचक हुने देखिएको छ । जसअनुसार यो चुनाव ऐतिहासिक हुने बताइउको छ । तर, जित यसैको हुन्छ भनेर भन्ने स्थिती छैन ।
महासंघ निजी क्षेत्रको सबैभन्दा ठुलो संगठन हो । बजेट बनाउँदा होस या मौद्रिक नीति ल्याउँदा, सरकारले महासंघ राय सुझाव लिने गर्छ । साथै, राज्यको अधिकांश नीति निर्माणमा यसले ठुलो भुमिका निर्वाह गर्दै आएको छ । त्यसैले महासंघको अध्यक्ष पद अत्यन्त शत्तिशालि ठानिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया