कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्टसँग संक्षिप्त संवाद
निर्मला पन्तको बलात्कार तथा हत्यामा दोषी पत्ता लगाउनेभन्दा पनि निर्दोषलाई फसाउन तपाईंको भूमिका भयो, त्यही आरोपमा तपाईं निलम्बित पनि हुनुभयो । तपाईंको प्रतिक्रिया के छ ?
अहिले म केही बोल्दिनँ ।
सुरुमा जीवन घर्तीमगर र दीपक नेगी, पछि चक्रदेव बडूजस्ता निर्दोषलाई दश–दश दिनभन्दा बढी समय थुनेर मानसिक–शारीरिक यातना दिइयो । यो दमन किन ?
यस विषयमा सिआइबी र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस् ।
तपाईं जिल्लाको प्रहरी प्रमुख । तपाईंको निर्देशनविनै अनुसन्धान टोलीले ती गिरफ्तारी गरेको हो र ?
प्रमुखको हिसाबले मेरो जिम्मेवारी हुन्छ । तर, अहिले म केही बोल्दिनँ ।
त्यसो भए शंकाको घेरमा रहेको घरपरिवारलाई शंकाको सुविधा दिएर निर्दोष हेमन्ती भट्टलाई पक्राउ गरी किन यातना दिनुभयो ? त्यो अबोध किशोरीलाई टाउको तल खुट्टा माथि गरेर किन कुट्न तपाईंले नै निर्देशन दिनुभएको होइन ?
यस विषयमा सिआइबीलाई र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस्, म अहिले केही बोल्दिनँ ।
जिल्लावासीको सुरक्षामा खटिएको प्रमुखले उल्टै नागरिकलाई यातना दिएको विषयमा यसरी पन्छिन मिल्छ ?
म समय आएपछि बोल्छु ।
हेमन्तीले हामीलाई भनेकी छिन् कि, तपाईं आफैँ अघि सरेर उनलाई जिन्दगी बर्बाद गरिदिने धम्की दिनुभयो । निर्दोष किशोरीलाई धम्क्याउँदा तपाईंको मनमा दया जागेन ?
म यस विषयमा केही बोल्दिनँ । यो अनुसन्धानको विषय हो ।
तपाईं र बम परिवारको पुरानै चिनजान भएकाले उनीहरूको पक्षपोषण गर्नुभएको छ, आवतजावत पनि थियो भन्ने चर्चामा आइरहेको छ । तपाईंको प्रतिक्रिया के छ ?
जिल्ला एउटै पर्नु संयोग होला, तर मैले निर्मला पन्तको घटनापछि मात्रै बम परिवारबारे थाहा पाएको हुँ।
निर्मला जहाँबाट हराइन्, त्यो बम परिवारको घर खानतलासी गर्ने, उनीहरूको बयान लिनुको साटो पक्षपोषण गर्नुभयो । त्यसैले सम्बन्धको खोजी भएको हो नि ।
अँह कुनै सम्बन्ध छैन ।
नयाँ पत्रिका दैनिकबाट
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।