मोटर कम्पनी मारुती सुजुकीले पहिलाको भन्दा ४० हजार भारु सस्तोमा चर्चित सब फोर मिटर एसयूभी ब्रेजाको फेसलिफ्ट मोडल विभिन्न नौ भेरियन्ट सार्वजनिक गरेको छ ।
मारुतीले म्यानुयलमा एलएक्सआई, भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस (डियूलटोन) गरि ५ भेरियन्ट र अटोमेटिकमा भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस (डियूलटोन) गरि तीन भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको नयाँ ब्रेजाको सुरुवाति भेरियन्ट पुरानो तुलनामा ४० हजार भारतीय रुपैयाँ सस्तो रहेको छ । कम्पनीका अनुसार पेट्रोल इन्जिनको सुरुवाति मूल्य ७ लाख ३४ हजार भारु र टप भेरियन्ट जेडएक्सआई प्लस (डियूलटोन) अटोमेटिक भेरियन्टको मूल्य ११ लाख ४० हजार भारु तोकिएको छ ।
हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको नयाँ कारमा इन्धन बचत, आइडियल स्टार्टरस्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ ब्रेजाको १.५ लिटर के १५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।