‘ए मेरो हजुर ४’को  रोकियो सुटिङ

४ बर्ष अगाडि

नेपाल सरकारले एकै स्थानमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएसँगै ‘ए मेरो हजुर ४’को टिमले  सुटिङ रोक्ने निर्णय गरेको छ । केही हप्ताअघि देखि काठमाडौं बाहिर सुटिङ भैरहेको चलचित्र ‘ए मेरो हजुर ४’को टिमले सुटिङ रोक्ने निर्णय गरेको हो ।

सबैको स्वास्थ्यलाई ख्याल राख्दै चलचित्र निर्देशक झरना थापाले सुटिङ रोक्ने निर्णय गरिएको बताइन् । 

निर्देशक झरना थापाले सुटिङ रोक्दिाँ प्राविधिकहरुमा पर्न गएको असुविधाप्रती क्षमा माग्दै छिटै नै सुटिङमा फर्किने विश्वास व्यक्त गरेकी छन् ।

नेपालसँगै यूरोप र ओमानमा पनि यो चलचित्रको सुटिङ हुने बताइएको छ ।
चलचित्रको रिलिज मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ । यस चलचित्रमा अनमोल केसी, सलोन बस्नेत र  सुहाना थापाको मुख्य भूमिका रहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया