अमेरिकामा एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु

४ बर्ष अगाडि

अमेरिकामा बस्ने  एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पाँचथर घर भइ न्यूयाेर्क बस्ने ५० वर्षीय अनिल सुब्बाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

श्रीमती, एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्थे ।

अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

यसअघि बेलायतमा एक जना नेपालीको मृत्यु भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया