क्वारेन्टाइन तोडफोड गरी फरार ११ जना फेला

४ बर्ष अगाडि

नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमबार क्वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोटमा पुगेको पाइएको छ । जिल्लाको भेरी नगरपालिका–११ मा ११ जना बेलुकी राति पुगेको  नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए   । 

नगर प्रमुख घर्तीका अनुसार भागेर आउनेमा भेरी –११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लीले खड्का, परवीर महतारालगायत छन्   । उनीहरु क्याम्पसबाट तोडफोड गरी फरार भएका थिए । भेरी नगरपालिकाबाहेक शिवालय जुनिचाँदेमा समेत उनीहरुमध्ये प्रवेश गरेको आशङ्का गरिएको छ ।  जानकारीमा आएका ११ जनालाई स्थानीय प्रशासन र नगरपालिकाको पहलमा क्वारेन्टाइनमा राख्नका लागि चाँजोपाँजो भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया