राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण

४ बर्ष अगाडि

बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । 

उनको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भइसकेको पुष्टि भएको हो । 

उनकी ७२ वर्षीय पत्नी डचिस अफ कोर्न्वल, कमिललाई भने सङ्क्रमण नदेखिएको अधिकारीहरूले बताएका छन् । सङ्क्रमण पुष्टि भएसगैँ राजकुमार चार्ल्स स्कटलेण्डस्थित राजदरबारमै ‘आइसोलेसन’मा बसेका छन् ।

राजकूमार चार्ल्सलाई भनेको छ, “उनलाई सामान्य लक्षणहरू देखिएपनि स्वास्थ्य अवस्था भने राम्रो नै रहेको छ, उनले एक्लै बसेर अरुबेला जस्तै आफ्ना कामहरु नियमित गर्दै आइरहेका छन । चिकित्सकहरूले पनि ७१ बर्षीय राजकुमार चाल्र्सको बारेमा धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् । 

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ‘ब्यालमर क्यासल’ (दरबार) मा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।

केही हप्तायता उन धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएकोले ‘कसबाट राजकुमारमा भाइरस स¥यो त्यो पत्ता लगाउन सम्भव’ नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया