नयाँ एक्सप्रेस म्यूजिक फोन ‘नोकिया ५३१०’ बजारमा

३ बर्ष अगाडि

काठमाडौं– नेपाली बजारमा एकदम लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजिक मोबाइल १२ बर्ष पछि नयाँ ‘नोकिया ५३१०’को रुपमा आएको छ । 

नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटकले यो मोबाइल नेपाली बजारमा ल्याएको छ । म्यूजिकको लागी अलग पहिचान बनाएको एक्सप्रेस म्यूजिक मोबाइल एक दशक अगाडि ग्राहकवर्गहरुद्धारा अधिक रुचाइएको थियो । 

नोकिया ५३१० फिचर फोन अहिले पनि उच्चस्तरीय म्यूजिक क्वालिटिलाई ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको हुनाले संगीतका पारखीहरुका लागी एकदम उपयुक्त हने कम्मनीको दावी छ । नोकिया ५३१० फोनमा वायरलेस एफ.एम. रेडियो छ, जुन एयरफोन लगाएर पनि सुन्न सकिन्छ ।

यसको बक्समा एयरफोन पनि राखिएको छ । यसमा २.४ इन्चको क्यूभीजीए डिस्प्ले र पछाडि भीजीए क्यामरा, नोकिया सिरिज ३०+ अपरेटिङ सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एम.एम. अडियो ज्याक, ३.० ब्लूटूथ र १२००mब्ज को बदल्न मिल्ने ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ । 

नोकिया ५३१० को बजार मूल्य रु.५,४४९ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ । साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन् । 
 

 

 

 
३ बर्ष अगाडि

प्रतिक्रिया