काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ४ वटा सिमेन्ट उद्योगमाथि कारबाही गर्ने निर्णय गरेको छ ।
विभिन्न मिति र स्थानहरुमा गरिएको बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाहरुको प्रयोगशाला परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरुप नपाइएकाले ४ सिमेन्ट उद्योगमाथि कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
उनका अनुसार रिलायन्स सुपरटेक सिमेन्ट, बारा र इन्टरनेशनल सिमेन्ट पर्साको इजाजत रद्ध गरिएको छ । इजाजत पत्र स्थगन रहेको अवस्थामा सिमेन्ट बिक्री वितरण गरेको भेटिएकाले विभागले इजाजत पत्र रद्ध गरेको हो ।
यसैगरी अग्नि सिमेन्ट र सर्बोत्तम सिमेन्टको गुणस्तर मापदण्ड नपुगेको पुष्टि भएकाले स्पष्टीकरण सोधिएको छ।
यसैगरी कमल रोलिङ मिल्सलाई स्पष्टीकरण सोधिएको छ भने एभरेस्ट ग्यास उद्योगको सिलिन्डरको मापदण्ड पनि नपुगेकाले प्रमाणपत्र स्थगित गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया