यस संसारको पहिलो मानव को हो ?

३ बर्ष अगाडि

काठमाडौं । हामी सबैले यो संसारमा एक मानवको रुपमा जन्म लिएका छौँ । तर के तपाईले कहिल्यै पनि यो संसारमा पहिलो पटक को जन्मिएको थियो रु पक्कै छैन होला ।

आज हामी तपाईलाई त्यस बारेमा जानकारी गराउनेछौँ । यस संसारमा पहिलोपटक व्रह्माजीले स्वायंभुव मनुको उत्पत्ति गरेका थिए ।

साथै यो प्रमाण पुराणहरुमा पनि पाइन्छ । यो कुरा त हामीलाई थाहा भयो कि धर्तीमा पहिलोपटक व्रह्माजीले स्वायंभुव मनुलाई उत्पत्ति गरेका थिए ।

स्वायंभुव मनुकी श्रीमती शतरुपा थिइन् । स्वायंभुव मनुलाई व्रह्माले माटोबाट उत्पत्ति गरेका थिए । स्वायंभुव मनुकै कुलमा पछि गएर ७ मनु भएका थिए । र ७ हुन अझै बाँकी रहेको छ ।

महाभारतमा ८ मनुहरुको उल्लेख गरिएको छ तर श्वेतवराह कल्पमा १४ मनुको उल्लेछ छ । स्वायंभुव मनु र शतरुपाका पाँच सन्तान थिए ।

त्यसमा दुई छोरा, प्रियव्रत र उत्तानपाद तथा तीन छोरी आकूति, देवहूति र प्रसूति थिए ।

एजेन्सीको सहयोगमा
 

३ बर्ष अगाडि

प्रतिक्रिया