एकै दिन सात सयले बढ्यो सुन : तोलाको कति?

३ बर्ष अगाडि

पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। 

आज छापावाला सुनको मूल्यले ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।
यो सुनको मुल्य हाल सम्मकै उच्चँ हो ।

शुक्रबार प्रतितोला ९० हजार  ६ सयमा कारोबार भएको सुन एकै दिन ७ सयले बढेर नयाँ रर्कड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी  शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर  प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया