काठमाडौं । नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ३४.४५ अंकले घटेको छ ।
आज पहिलो घण्टामा ४.०१ प्रतिशतले घटेर २० मिनेटको लागि शर्किट ब्रेक भएको नेप्से दोस्रो घण्टा सम्म आइपुग्दा २. ८७ प्रतिशतले घटेर ११६७.१३ को बिन्दुमा आइपुगे्को छ ।
अहिले सम्म कारोबारमा आएका १ सय ९ कम्पनीको ३ हजार ४ सय १२ कित्ता शेयर बिक्री हुदाँ २४ करोड ८२ लाख ४८ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये २ उपसमुहको कारोबार बढेको छ ।
त्यस्तै, हाल सम्म कारोबारमा आएका कम्पनीहरु मध्ये हिमालय डेस्टिलेरी लिमिटेडले २ करोड ८१ लाख बराबरको कारोबार गर्दै पहिलो स्थानमा रहेको छ ।
प्रतिक्रिया