बालुवाटारमा क्याबिनेट बैठक ४ बजेबाट सुरु

३ बर्ष अगाडि

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्याबिनेट बैठक ४ बजेबाट सुरु हुने भएको छ ।  यस्तै उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को बैठक जारी छ । 

सिसिएमसीको सोमबारको बैठकले समग्र परिस्थिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा केही निर्णय गर्दै मन्त्रिपरिषद बैठकमा  सिफारिस गर्ने सम्भावना रहेको एक मन्त्रिले जानकारी दिए । 

यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार १६ गतेसम्म सीमा नाका र हवाईसेवा बन्द गर्ने निर्णय गरेको थियो । 

त्यस्तै सार्वजनिक यातायातबारे पनि बैठकमा विभिन्न कोणबाट छलफल हुने बुझिएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया