नगद ६५ लाख ८ हजार सहित २ जना प्रहरी नियन्त्रणमा

३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको नगद ६५ लाख ८ हजार सहित २ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले आज दिउसो ३ बजे काठमाण्डौ महानगरपालिका१४ कुलेश्वरबाट सोहि ठाउँ बस्ने भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको छ । 

अवैध नगद कारोवार गर्ने गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रकाउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया