बीमाशुल्क तिर्ने म्याद थपियो, कहिलेसम्म छ म्याद ?

३ बर्ष अगाडि

काठमाडौं -  बीमा समितिले लकडाउनमा तिर्न बाँकी रहेको जीवन बीमाशुल्क भुक्तानी गर्ने म्याद थप गरेको छ । समितिले सोमबार एक परिपत्र जारी गर्दै बीमाशुल्क तिर्ने म्याद एक हप्ता थप गरि असार २२ गते सम्म पुर्याएको हो । 
यसअघि समितिले यस्तो म्याद असार १५ अर्थात् सोमबारसम्म राखेको थियो । उक्त म्याद सकिएपछि समितिले पुनः म्याद थप गरेको छ । समितिका अनुसार असार २२ गतेसम्म बीमाशुल्क तिर्दा व्याज लाग्ने छैन । असार २२ गते पछि भने व्याज लाग्ने बताइएको छ ।  
सरकारले कोरोना महामारी नियन्त्रण गर्न गत चैत ११ गतदेखि लकडाउन लगाएपछि लगाएयता समितिले पटकपटक बीमा शुल्क म्याद थप गर्दै आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया