वीरगञ्जमा जगदम्बा इन्टरप्राइजेजका कार्यकारी अधिकृतका कोरोनाका कारण मृत्यु, एकैदिन तीनजनाकाे ज्यान गयाे

३ बर्ष अगाडि

वीरगञ्जमा रहेको जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । 

भारत घर भई  वीरगञ्ज–११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो।

शुरुमा आइसीयूमा राखेका उनको शरिमा बिहीबार दिउँसोदेखि अक्सिजनको मात्रा कम हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर राति ११ बजे उनको निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ ।

पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएकोल] एकैदिन तीनजनाको मृत्यु भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया