गुल्मीमा प्रधानमन्त्री रोजगारकाे कार्यक्रमकाे नमुना काम : ४ लाखमा ५५ सिँढी र प्याराफिट

३ बर्ष अगाडि

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गुल्मीको मदाने गाउँपालिकामा रु ४ लाखमा उदाहरणीय काम भएको छ ।

गाउँपालिकाको वडा नं. ७ भनभनेमा वडा कार्यालयदेखि स्वास्थ्यचौकीसम्म पुग्ने सिँढी तथा वडा कार्यालय परिसरमा प्याराफिट निर्माण गरिएको हो ।

जम्मा रु ४ लाखमा वडा कार्यालयदेखि स्वास्थ्यचौकीसम्म पुग्न ७/७ फिटको ५५ वटा सिँढी तथा वडा कार्यालय परिसरमा ८५ फिट लामो ६ वटा प्याराफिट निर्माण गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताए ।

उपभोक्ता समिति तथा ठेक्का पट्टामा गरिएका काम गुणस्तरीय नभएको देखिएको बेला अल्पकालिन रोजगारीबापत ज्यालादारीबाट सम्पन्न सो काम उदाहरणीय भएको स्थानीयको भनाई छ ।

गतवर्ष देशका विभिन्न स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट झार उखेल्ने, नेताहरुकहाँ गोबरफाल्ने कामदार राख्ने लगायतका काम गरेर आलोचना भएको थियो ।

गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रलाई उपलब्धिपूर्ण बनाउन विकास निर्माणका काममा लगाएको सूचना अधिएकारी पाेखरेलले बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया