मालपोत तथा भूमिसुधार कार्यालय भदौ १५ सम्म बन्द

३ बर्ष अगाडि

सरकारले काठमाडौं उपत्यकाका मालपोत तथा भूमिसुधार कार्यालयबाट प्रवाह हुने सेवा भदौ १५ सम्मका लागि बन्द गर्न निर्देशन दिएको छ । 

भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयको मंगलबारको बैठकले भूमिसुधार तथा मालपोत कार्यालयहरुबाट प्रवाह हुने अत्यावस्यक बाहेकका सेवा भोलीदेखि भदौ १५ सम्म स्थगन गर्ने निर्णय गरेको हो । 

उपत्यका बाहिरका कार्यालयहरुबाट हुने सेवा प्रवाह भने प्रदेश तथा स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड समेतको अबलम्बन गर्नेगरी प्रवन्ध मिलाउने निर्णय गरिएको छ । 

सो अबधिमा सेवा प्रवाह बन्द गर्ने कार्यालयहरुको आन्तरीक÷प्रशासनिक कार्यहरु सुचारु एवं व्यवस्थीत गर्ने कार्य गर्न मन्त्रालयले भनेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया