मलेसियामा नेपालीलाई पिट्ने नेपाली सुरक्षा गार्डलाई चार महिना जेल

साउन २७, २०७७ | आजको अर्थ
ajaako_artha

मलेसियामा नेपालीलाई पिट्ने नेपाली सुरक्षा गार्डलाई चार महिनाको जेल सजाय तोकिएको छ । 

क्‍वालालम्पुरस्थित मजिस्ट्रेट अदालतले मंगलबार नेपालीलाई नै पिट्‍ने नेपाली सुरक्षा गार्डलाई चार महिनाको जेल सजाय तोकेको मलेसियन सञ्‍चारमात्र्यम मलेसियाकिनीले जनाएको छ । 

दुई साताअघि उनलाई पिटेको भिडियो सामाजिक सञ्‍जालमा भाइरल भएको थियो । मजिस्ट्रेट वाङ चाइ सियाले नेपालीलाई पिट्‌ने ३४ वर्षीय राम गोपाल मुराउलाई दोषी ठहर गर्दै जेल सजाय तोकेका हुन् । 

उनलाई ३ अगस्तमा नियन्त्रणमा लिइएको थियो । उनलाई नियन्त्रणमा लिएको दिनदेखि नै उनको जेल सजायको अवधि लागु हुने जनाइएको छ । 

रामगोपालले तामन मेलाती सपिङ कम्लेक्सको पार्किङ क्षेत्रमा ७ जुलाईमा २६ वर्षीय इस्लाम हुसेनलाई काठको लठ्ठीले पिटेको थियो । 

उनलाई मलेसियाको अपराध संहिताको सेक्सन ३२४ बमोजिम जेल सजाय तोकिएको हो । यस सेक्सनअन्तर्गत अधिकतम १० वर्ष जेल अथवा जरिवाना अथवा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८