बलिउडका नायक संजय दत्तलाई फोक्सोको क्यान्सर

साउन २७, २०७७ | आजको अर्थ
ajaako_artha

बलिउडका नायक संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । अब उनी उपचारका लागि अमेरिका उड्नेछन् । उनको आज ( मंगलबार ) कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।

संजयलाई फोक्सोमा भएको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् ।

 भारतीय मिडियाको जानकारी अनुसार संजयको कोरोना रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको  उल्लेख छ ।

यसै  बर्ष बलिउडका नायक ऋषि कपुर र इरफान खानको निधन पनि क्यान्सर रोगकै कारण भएको थियो । संजयले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए । उनले, आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८