कोरोना भाइरसका कारण पछिल्लाे २४ घण्टामा ११ जनाको मृत्यु

३ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण पछिल्लाे २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कुल ९१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। 

गएको २४ घण्टामा किस्ट अस्पतालमा दुई, ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा एक÷एक जनाको मृत्यु भएको छ । यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेमध्ये किस्ट अस्पतालमा काठमाडौंको टेकुकी ७८ वर्षीया महिला, बारा, कलैयाका ७७ वर्षीय पुरुष छन्। २६ गते त्रिवि शिक्षण अस्पतालबाट रिफर भएर किष्ट पुगेका ति पुरुषको मृत्युपछि संक्रमण पुष्टि भएको थियो ।
जनकपुरकी ३८ वर्षीय महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, जनकपुरका ७२ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा,  धादिङको नीलकण्ठ नगरपालिका–१४ धुँवाकोटका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा, कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा  मृत्यु भएको हो । 

सप्तरीको डाक्नेश्वरी–८ घर भई राजविराज ६ मा बस्ने ७२ वर्षका संक्रमितको आइसोलेसन सेन्टर लैजाने क्रममा, मोरङ, बुढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा, महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ वर्षीय पुरुषको राम जानकी  अस्पतालमा, बिश्रामपुर–५ का ३८ वर्षीय पुरुषको वीरगञ्ज–१६ नगवास्थित सडकमा मृत्यु भएको हो ।

त्यस्तै विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको कोशी अस्पतालमा मृत्यु भएको थियो । 

स्वास्थ्य मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १०९ संक्रमित भेटिएका छन् । 
मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५÷१५ जना, कास्कीका १३, झापा र सिराहाका १०÷१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६÷६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५र५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३÷३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २÷२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एकएक जनामा संक्रमण देखिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया