कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघबीच सम्झौता

साउन ३०, २०७७ | आजको अर्थ
ajaako_artha

कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ(एक्यान)बीच ए क्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामा प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । 

द्विपक्षीय समझदारीमा एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको सबै शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेशनल कर्र्जा प्रदान गरिने जनाइएको छ । 

सम्झौता पछि धितो नभएर आफ्ना व्यक्तिगत आवश्यकताहरु पुरा गर्नको लागि बैंङ्किङ सुविधा ९कर्जा० लिनबाट बञ्चित व्यक्तिहरुलाई कर्जा लिन सहज हुने कुरामा आफु विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए ।

साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए ।

समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ। तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले कामना सेवाविकास बैंकको केन्द्रियकार्यलयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरे 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८