कोरोनाविरुद्ध रूसले बनाएकाे खाेपलाई अमेरिकाकाे समर्थन, ट्रम्पले भने 'खोप बनाउने रुस पहिलाे राष्ट्र'

३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस विरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र भएको  भएको बताएका छन् । 

ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा ट्रम्पले रुसी खोपका बारेमा सकारात्मक धारणा राखेका हुन् ।      

उनले रुसले बनाएको खोप प्रभावकारी र उपयोगी हुने विश्वास समेत व्यक्त गरे । àमलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,’ उनले भने “मलाई जानकारी भएसम्म कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु । ” 

राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको बताउँदै चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरे । 

गत मङ्गलवार रुसी नियामकले देशमै विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको जनाएको थियो।
     
अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुशी लागेको बताउँदै उनले आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सवै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उनको भनाई छ । ।     
     
अमेरिकमा पनि केही बैज्ञानिकहरुले तीन ओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको उनले जानकारी दिए ।

अहिलेसम्म औषधीको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरी महामारीको रुपमा फैलिएको कोरानोभाइरसविरुद्ध विश्वभरी धेरै बैज्ञानिकहरुले औषधी बनाइरहेको दाबी गरेका छन् ।

तर ती सवै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्वस्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधीको मान्यता दिएको छैन ।   

रूसमा याे महिनाभित्र नयाँ खाेप लगाउन शुरू हुने 

उता रुसको स्वास्थ्य मन्त्रालयले  यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गरिने जानकारी गराएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस विरुद्धको नयाँ खोपको उत्पादन सुरु गरेकोले यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गरिने जनाएको हाे।

द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताएका थिए।

विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ। रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो।

रुसले बनाएको खोपलाई लिएर खासगरी अमेरिका र युरोपमा प्रश्नहरू उठिरहेका छन्।

यद्यपि केही देशले त्यसप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले स्वयंले रुसी खोपको परीक्षण गर्ने बताएका छन् भने इजरेलले उत्पादन भएमा खरिदका लागि सम्झौता गर्ने जनाइसकेको छ। 

एजेन्सीहरूकाे सहयाेगमा 

 

 

३ बर्ष अगाडि

प्रतिक्रिया