बाणिज्य बैंकहरुको नाफा १२% ले घट्यो, कुन बैंकको कति नाफा ?

साउन ३१, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं – गत आर्थिक बर्षमा २७ बाणिज्य बैंक मध्ये  २६ बैंकले रु. ५० अर्ब ८४ करोड ८० लाख खुद नाफा कमाएका छन् । शनिबारसम्म उनीहरुले सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो । 
तथ्यांकअनुसार गत आवमा बाणिज्य बैंकहरुको नाफा ११ दशमलव ५६ प्रतिशतले कम हो । अघिल्लो आवमा उक्त २६ बाणिज्य बैंकहरुले ५७ अर्ब ४९ लाख भन्दा बढी नाफा कमाएका थिए । हालसम्म कृषि विकास बैंकले भने गत आवको वित्तिय विवरण सार्वजनिक गरेको छैन । 
बिशेषगरि लकडानउका कारण बैंकहरुको व्याज आम्दानी हुन नसक्दा गत आवमा नाफामा गिरावट आएको हो । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले झण्डै ४ महिना लकडाउन लगायो । त्यो अवधीमा उद्योगहरु प्रभावित भएपछि राष्ट्र बैंकले नै कर्जा भुक्तानी अवधी थप गरिदियो । फलस्वरुप व्याज आम्दानी हुन नसक्दा नाफा पनि घटेको हो ।
बैंकहरुको नाफा औषतमा करिब १२ प्रतिशतले घट्दा पनि ४ बैंकको नाफा भने बढेको छ । तथ्यांकअनुसार ग्लोबल आईएमई बैंकको नाफा ११.८० प्रतिशतले बढेको छ । यस्तै, प्राइम बैंकको ४.२७ प्रतिशत, एनएमबी बैंकको ०.५९ प्रतिशत र सेञ्चुरी बैंकको ३४ प्रतिशतले नाफा बढेको छ । यस बाहेक अन्य बैंकको नाफा भने घटेको छ । 
गत आवमा नाफा कमाउने मामलामा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक नै अग्र स्थानमा देखिएको छ । गत आवमा रु. ४ अर्ब ४५ करोड नाफा कमाएर राष्ट्रिय बाणिज्य बैंक पहिलो नम्बरमा आएको छ । यस्तै, दोस्रो नम्बरमा रहेको नविल बैंकले रु. ३ अर्ब ३५ करोड नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले ३ करोड १२ लाख खुद नाफा कमाएको छ । 
\

हेर्नुहोस् कुन बैंकको कति नाफा (आव २०७६÷७७)
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८