टाटाका ५ नयाँ कार बजारमा आउँदै

३ बर्ष अगाडि

भारतीय चर्चित गाडी उत्पादक कम्पनी टाटा मोटर्सले आगामी ८ महिना भित्र ५  नयाँ मोडलका कार बजारमा ल्याउने भएको छ । 

एकपछि अर्को नयाँ मोडल बजारमा ल्याइरहेको कम्पनीले हेग्जा सफारी एडिसन, ग्राभिटास, एचबीएक्स, अल्ट्रोज इभी र ह्यारीयर (नेपालमा नाम एच५) पेट्रोलमा बजारमा ल्याउने भएको हो । 

हेग्जा सफारी :
– यो कार अटो एक्स्पो २०२० मा शोकेस गरेको थियो ।  चाँडै बजारमा ल्याउने क्रममा रहेको छ । 
– यो कारमा २.२ लिटर भिक्टर ४०० इन्जिन उपलब्ध रहने छ । 
– उक्त इन्जिनले अधिकतम १५६ पीएस पावर र ४०० एनएम टर्क प्रदान गर्ने छ । 
– यसमा ७ इन्चको इफोटेन्टमेन्ट सिस्टम, १० स्पीकर, क्रुज कन्ट्रोल र रियर पार्किङ क्यामेरा जस्ता फिचर उपलब्ध रहने छ ।

ग्राभिटास
– यो पनि २०२० अटो एक्स्पोमा शो गरिएको थियो । 
– यसलाई ह्यारीयर (नेपालमा एच ५) कै ७ सिटर भर्सनको रुपमा लिइएको छ । 
– यसमा २।० लिटर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम टर्क प्रदान गर्ने छ ।


एचबीएक्स
– यो पनि अटोएक्स्पो २०२० मा शोकेस गरेको कार हो । 
– यो कम्पनीकै सबैभन्दा सानो एसयूभी हुने छ । 
– यसको मूल्य टाटा नेक्सनभन्दा कम रहने छ । 
– यसमा कम्पनीले १.२ लिटर पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्ने छ । 
– यसमा सबै किसिमका आधुनिक फिचर उपलब्ध रहने छ ।

अल्ट्रोज इभी 

– यसले एक पटकको फुल चार्जमा ३०० किमि रेञ्ज प्रदान गर्ने छ । 

यो निकै प्रिमियम फिचरले भरिपूर्ण इलेक्ट्रीक कार हुने छ ।

ह्यारीयर (नेपालमा एच ५) एसयूभी 
– यो कार पेट्रोल भेरियन्टमा आउँदै छ  र यसमा १.५ लिटर पेट्रोल इन्जिन दिइने छ । 
– यसले १५० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । 
– यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया