साढे ११ हजारमै उच्च क्षमताको व्याट्री सहितको स्मार्टफोन नेपाली बजारमा

३ बर्ष अगाडि

नेपाली बजारमा साढे ११ हजारमै उच्च क्षमताको व्याट्री सहितको स्मार्टफोन आएको छ । 

स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले ६ हजार एमएएचको ब्याट्री भएको नयाँ इन्फिनिक्स हट नाइन प्ले फोन सार्वजनिक गरेको हो । 

हट नाइन प्लेमा  रहेको ६ हजार एमएएचको ब्याट्रीले यसको ६.८२ इन्चको एचडी प्लस सिनेम्याटिक डिस्प्ले स्क्रीनलाई राम्ररी रन गर्न मद्दत गर्ने दाबी कम्पनीको छ ।

दुईवटा स्टोरेज भेरियन्टमा पाइने हट नाइन प्लेमध्ये २ जीबी र्‍याम ३२ जीबी इन्टर्नल स्टोरेज रहेको फोनको मूल्य ११ हजार चार सय ९० रूपैयाँ रहेको छ । यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको फोनको मूल्य १४ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

देशका ७७ जिल्लामा नै उपलब्ध यो फोनमा एन्ड्रोइड १० भर्सनको ओपरेटिङ सिस्टम रहेको छ । 

फ्ल्यासलाइटसँगै ८ मेगा पिक्सेलको प्राइमेरी क्यामेरा र  १३ मेगापिक्सलको एआई लेन्ससहितको ट्रीपल एलईडी फ्ल्यासलाईट क्यामेरा रहेको यसको उच्च गुणस्तर छ । 

२ गीगाहर्ज अक्टाकोर मेडियाटेक हेलियो पी २२ (एमटी ६७६२) प्रोसेसर राखिएको  यो फोन चारवटा रंगहरु भायोलेट, ओसन वेब, क्विटजल क्यान र मिडनाइट ब्ल्याकमा उपलब्ध छ । 

ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले नेपाली बजारमा ल्याएको यो फोनलाई कम्पनीले एक वर्षको वारेन्टी दिएको छ । साथै यसको ब्याट्री र चार्जरमा छ महिनाको लागि वारेन्टी पनि दिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया