भ्रमण मार्फत हुने आम्दानी घट्यो, गत आवमा ६०.८९ करोड भित्रियो

३ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको त्रासले विदेशी पर्यटक नआउदाँ गत आवमा भ्रमण आय १९.२ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक विवरण यस्तो देखाएको हो । 
राष्ट्र बैंकअनुसार  भ्रमण मापर्फत रु.६० अर्ब ८९ करोड आम्दानी भएको छ । 

अघिल्लो वर्ष यस्तो आय रु. ७५ अर्ब ३७ करोड आम्दानी भएको थियो । 
यस्तै, भ्रमण मार्फत बाहिरीने रकम पनि भ्रमण व्यय ४०.९ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार भ्रमण मार्फत रु. ५३ अर्ब १४ करोड बाहिरीएको छ । 

यसमध्ये शिक्षातर्फको व्यय रु.२५ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय रु.८९ अर्ब ९१ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.४६ अर्ब ३२ करोड रहेको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया