उपत्यका वरिपरी ६ करोड रुपैयाँका हाईकिङ्ग मार्ग

३ बर्ष अगाडि

काठमाडौं उपत्यका वरिपरी सरकारले ६ करोड रुपैयाँका हाईकिङ्ग मार्गहरु निर्माण गर्ने भएको छ । 

काठमाडौं वरिपरिको शुन्दरताका लागि भनेर  ६ करोडको  हाईकिङमार्ग निर्माण गर्न प्रकृया अगाडि बढाएको हो । 

त्यसका लागि मंगलबार पर्यटन विभागले टेण्टर आह्वान गरेको छ । 

विभागले आह्वान गरेको टेण्डरमा इच्छुक निर्माण व्यवसायीले असोज १५ गतेसम्म सहभागीता जनाउन सक्नेछन् । 

इच्छुक कम्पनीले ई(बिडिङमार्फत टेन्डरमा सहभागी हुन १७ लाख ९१ हजार रुपैयाँको धरौटी राख्नुपर्ने छ । 

टेन्डरमा सहभागी हुनका लागि नेपाल राष्ट्र बैंकमा जमानत रकम दाखिला गरेको भौचार पेस गर्नुपर्ने छ।

टेन्डरमा सहभागी भई छनोट भएको कम्पनीले  कान्तिपुर मार्ग साइट, ककनी, शिवपुरी, लेले, देउराली, गोदावरीलगायत क्षेत्रको हाइकिङ मार्ग निर्माण गर्नु पर्नेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया