लकडाउनमा कसरी भित्रिए ३३८ विदेशी पर्यटक

३ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीको अवधीमा पनि नेपालमा विदेशी पर्यटक भित्रिएको पाइएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले झण्डै ४ महिना लकडाउन लगायो । त्यो अवधीमा अन्तरराष्ट्रिय नाका पनि बन्द थिए । तर, त्यो अवधीमा ३३८ जना विदेशी पर्यटक आएको सरकारी तथ्यांकले नै देखाएको छ । 
नेपाल राष्ट्र बैंकको गत आवको एक तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार अप्रीलदेखि जुलाईसम्म ३३८ जना विदेशी पर्यटक आएका छन् । यद्यपि, उनीहरु कुन नाकाबाट आए भनेर खुलाइएको छैन । 
गत चैत ११ गतेदेखि लकडाउन लगाएपछि गत भदौ १५ गतेसम्म अन्तरराष्ट्रिय उडान बन्द थियो । तसर्थ, यस अवधीमा भारतीय सिमा नाकाबाट पर्यटक भित्रिएको हुन सक्ने अनुमान गरिएको छ । 
तथ्यांकअनुसार अप्रील १३ जना पर्यटक आएका छन् । यस्तै, मेमा ३०, जुनमा १०० र जुलाईमा १९५ जना पर्यटक आएको तथ्यांकमा उल्लेख छ । 
समग्रमा कोरोनाका कारण बर्ष २०२० मा पर्यटक आगमानमा भारी गिरावट आएको छ । २०२० को जुलाई सम्म आउँदा पर्यटन आगामन २०० प्रतिशत  घटेको छ । गत बर्ष २०१९ को जुलाईसम्म ६ लाख ४४ हजार ५७४ जना विदेशी पर्यटक आएका थिए । तर,  यो बर्ष २ लाख १५ हजार ४४९ जना पर्यटक भित्रिएका छन् । 
यो बर्ष सुरुको अवधीमा मात्र पर्यटक आएका छन् । विशेषगरि कोरोनाको त्रास नभएको समयमा पर्यटक आएका थिए । तथ्यांकअनुसार जनवरीमा ७६६८६, फ्रवुअरीमा १०१४०० र मार्चमा ३४०२५ जना विदेशी पर्यटक आएका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया