कोरोना कहर : चिया बुझ्न आएनन् विदेशी

३ बर्ष अगाडि

विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योगरकारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे ।

प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका लागि आउने विदेशी ९खरिदकर्ता० को सङ्ख्या शून्य छ । यसले चिया उद्योग र बगानमा चिया खरिदकर्ताको चाप कम भएको भने चिया बिक्री पनि अत्यन्तै कम भइरहेको छ ।

कोरोनाकै कारण यसपटक विदेशी खरीदकर्ता चाहेर पनि नेपाल आउन नसकेको इलाम नगरपालिकास्थित ग्रीन हिल अर्थोडक्स चिया उद्योग साँखेजुङका सञ्चालक टङ्क दाहाल बताउँछन् । दाहालका अनुसार गएको पाँच वर्षदेखि लगातार उद्योगमा विदेशी ग्राहक आउने गरेका थिए तर यसपटक भने एकजना पनि आउन सकेका छैनन् । “धेरैले फोनमार्फत आउन सकिन है भन्नुहुन्छ”, दाहालले भने, “धेरैको चासो पनि छ तर आउन नपाएकोमा गुनासो पनि छ ।”

जापान, अमेरिका, जर्मनी, चीन, फ्रान्सका साथै भारतमा समेत आफ्नो उद्योगको चिया निर्यात हुने गरेको सञ्चालक दाहालको भनाइ छ । गएको वर्ष मात्र पनि उद्योगमा दुई झुण्डमा विदेशी आएका थिए । चियाको मुख्य सिजन (चैत–वैशाख) मै उद्योगले बन्दाबन्दी खेप्नु पर्यो । उद्योगीले यही सिजनमा अधिकतम फाइदा लिन सक्नुपर्छ तर यसपटक भने कोरोनाले विदेशमा चिया जान सकेन । बन्दाबन्दी सकिए पनि कोरोनाको प्रकोप बढ्दा धेरै उद्योगीले घाटासमेत खेप्नु पर्यो । विशेषगरी सिधै तेस्रो मुलुक तयारी चिया पठाउने उद्योगीलाई त कोरोनाले नमज्जैले ‘घाटा’ गरायो ।

यसैकारण बर्सेनि तेस्रो मुलुकबाट चियाको अनुगमन र चिया बुझ्न आउने विदेशी एकै जना नआएको इलाम नगरपालिकास्थित जस्वीरे चिया उद्योगका सञ्चालक सरद सुब्बा बताउँछन् । “यहाँ उद्योगमा आउने हाम्रा नियमित खरिदकर्ताहरू हुन्”, सुब्बा भन्छन्, “धेरैलाई त चियाको नमूना पनि पठाउनु पर्दैन । त्यसै पनि जान्छ तर केही केही चाहिँ नेपालै आएर उद्योग र बगानै घुम्नु हुन्छ ।” सुब्बाका अनुसार उनको उद्योगमा बर्सेनि तीनरचार समूहमा चियाका विदेशी खरीदकर्ता आउँछन् । सुब्बा भन्छन्, “हावापानी, चियाबारीको रमाइलो दृश्य र गुणस्तरीय चियाले मेरो उद्योग र बगानमा तान्छ तर यसपटक कोही पनि आएनन् ।”

त्यसो त इलामका धेरै उद्योग र बगानमा विदेशी खरीदकर्ता बर्सेनि पुग्छन् । चिया किन्न र मनोरम चियाबारी घुम्नै पनि विदेशी चिया बगान–उद्योग पुग्छन् । भारतको दार्जिलिङको चियाभन्दा इलामको चिया गुणस्तरीय मानिने हुँदा बर्सेनि विदेशी ग्राहक इलाम आउने क्रम बढ्दो छ तर यसपटकले कोरोनाका कारण चिया उद्योगीले नमाज्जाले धक्का खानु पर्यो । एकातिर कोरोनाले विदेशी आएनन् भने अर्कातिर यहाँ उत्पादन भएको तयारी चिया जान पनि गाह्रो भइरहेको छ ।

यसरी निकासीको ठूलो परिमाण जाने मुलुकबाटै खरीदकर्ता आउन नसक्नु र चिया जान नसक्नु चाहिँ चियाका लागि दुःखद कुरा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउँछन् । विभिन्न संस्था र व्यक्तिगत ९उद्योग०कै आह्वानमा विदेशी चियाका लागि आउने गरेका छन् । “विगतका वर्षमा सानोरठूलो गरी ३०र४० वटा समूह चियाको अनुसन्धानका लागि आउँथे तर यसपटक भने एकजना पनि छैन”, उनले भने ।

चिया खरीद र घुमघामकै लागि बर्सेनि उच्च सङ्ख्यामा विदेशी भित्रिन्छन् । कतिपय विदेशी चिया सम्बन्धी सङ्घरसंस्थामार्फत नेपाल भित्रिन्छन् भने कतिपय उद्योगसँगको व्यक्ति चिनजानमा आउँछन् । पछिल्लो समय व्यक्तिगतभन्दा पनि सङ्घरसंस्थामार्फत नेपाल भित्रिने विदेशीको सङ्ख्या बढी छ । चियासम्बन्धी सङ्घरसंस्था केन्द्रीय चिया सहकारी सङ्घ ९सिटिसिएफ०, हिमालय अर्थोडक्स टी प्रोड्युसर्स एशोशिएसन, स्पेसलिटी टी एशोशिएसन नेपाललमार्फत पनि विदेशी खरीदकर्ता नेपाल आउने गरेका छन् । नेपालबाट भारतसहित जापान, अष्टे«लिया, अमेरिका, नर्वेलगायतबाट चिया निर्यात हुने गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया