महालक्ष्मी विकास बैंकका ग्राहकलाई सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटोरीमा पीसीआर टेष्ट गर्दा विशेष छुट

३ बर्ष अगाडि

महालक्ष्मी विकास बैंक लिमिटेडले कोभिड–१९को संक्रमण परिक्षण (पीसीआर टेष्ट)का साथै अन्य स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटोरीसँग सम्झौता गरेको छ । 

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरे ।  

उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटोरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।  

सम्झौताअनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५५, र कोभिड–१९को संक्रमण परिक्षण(पीसीआर टेष्ट)मा अधिकतम १५५आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
 


 

३ बर्ष अगाडि

प्रतिक्रिया