सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

३ बर्ष अगाडि

केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका  रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । 

रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ । 

तर उनलाई आज पक्राउ गरिएको भने ड्रग्स खरिद गरेको आरोपमा हो । ड्रग्ससँग जोडिएपछि यो विषयमा हात हालेको एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ ।

आज बयानका लागि पुगेकी रियासँग ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले उनको गाडी फिर्ता गरेको थियो । 

पहिलो दिन ६ घन्टा, दोस्रो दिन ८ घन्टा सोधपुछ गरेको एनबीसीले आज तीन घण्टा बयान लिएपछि नियन्त्रणमा लिएको  हो । 

रियाका भाई शोविक चक्रवर्तीलाई पनि ड्रग्स खरिद गरेको आरोपमा यसअघि नै पक्राउ गरिएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया