पूर्वराजा भन्छन : जनतालाई राहत दिने काममा सरकारको ध्यान पुगेन

३ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले प्राकृतिक विपदमा परेकाहरुलाई राहतका लागि ध्यान नदिएको बताएका छन् ।

आइतबार बेलुका ट्वीट गर्दै शाहले प्रकोप पश्चात पनि उपयुक्त राहतमा सरकारको खासै ध्यान पुग्न नसकेको बताएका हुन् । 

ट्वीनमा पूर्वराजा शाहले राज्यले पहाडी क्षेत्रका जोखिमपूर्ण वस्तीको पहिचान गरी यथाशक्य सावधानीका उपायहरु अबलम्बन गर्नुपर्ने धारणा राखेका छन् । 

उनले देशको विभिन्न भागमा हालै गएको बाढी पहिरोका कारण हुन गएको धनजनको अपुरणीय क्षतिले आफूलाई मर्माहत बनाएको समेत बताएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया