अमेरिकामा राष्ट्रपतिका उम्मेदवारलाई एउटै व्यक्तिले १० करोड डलर सहयोग गर्ने

३ बर्ष अगाडि

अमेरिकामा राष्ट्रपतिको चुनावका लागि एकैजना व्यक्तिले १० करोड डलर सहयोग गर्ने भएका छन् । 

अर्बपति माइकल ब्लुमबर्गले राष्ट्रपति पदका डेमाक्र्याट उम्मेदवार जो बाइडेनको फ्लोरिडा अभियानलाई १० करोड डलर सहयोग गर्ने घोषणा गरेका हुन् । 

अमेरिकीकी राष्ट्रपति चुन्नका लागि आगामी नोभेम्बरमा चुनाव हुँदैछ । ब्लुमबर्ग आफै डेमोक्र्याबाट राष्ट्रपति निर्वाचनमा उम्मेदवारका प्रतिस्पर्धी भएपनि उनले फिर्ता लिएर बाइडेनलाई समर्थन गरेका थिए । 

आफ्नो चुनाबी अभियानमा उनले करिब एक अर्ब अमेरिकी डलर खर्च गरेका थिए । 

३ नोभेम्बरमा मतदान हुने भएपछि फ्लोरिडामा अग्रिम मतदान गर्न चाहनेले २४ सेप्टेम्बरदेखि नै आफ्नो मत हुलाक मार्फत पठाउन सक्ने छन् ।

रिपब्लिकन पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत खर्चमा चुनावी प्रचार अभियानलाई निरन्तरता दिने पक्षमा देखिएका छन् । दुवै उम्मेदवारले हुलाकमार्फत मतदान गर्ने मतदातालाई आफ्नो पक्षमा पार्न कोशिस गरिरहेका छन् । 

कोरोना भाइरसको महामारीका कारण भौतिक दुरी र सुरक्षा सावधानी अपनाउनुपर्ने भएकाले यो वर्षको चुनावमा हुलाक मार्फत मतदान गर्नेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट आवश्यक पर्छ । जसमध्ये फ्लोरिडामा २९ इलेक्टोर कलेज छन् । सबैभन्दा बढी क्यालिफोर्नियामा ५५ र टेक्सासमा ३८ इलेक्टोरल कलेज छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया