सिभिल लघुवित्तको हकप्रदमा आवेदन दिने आज अन्तिम

३ बर्ष अगाडि

काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयरमा आवेदन आज अन्तिम दिन रहेको छ । लघुवित्तले गत साउन २५ गतेदेखि चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । त्यसमा आज आवेदन दिने अन्तिम दिन रहेको हो । 
लघुवित्तले १ः१ अनुपातमा रु. १०० दरले ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन गरेको जिथयो । यसमा असार १४ गतेसम्म कामय शेयरधनीलेअ आवेदन दिन सक्ने छन् । 
हाल लघुवित्तको चुतापुँजी रु. ११ करोड ४१ लाख १४ हजार छ । हकप्रद निष्काशनपछि त्यो २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्ने छ।
यस हकप्रद शेयरको बिक्री प्रवन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले यस हकप्रद निष्काशनलाई केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया