एकातिर कोरोना महामारी, दँशैतिहार नजिकिँदा पश्चिम नेपालमा खाद्यान्न अभाव

३ बर्ष अगाडि

देश कोरोना भाइरसको महामारीले आक्रान्त बनेको बेला पश्चिम नेपालमा खाद्यान्न अभाव हुन थालेको छ । कर्णाली प्रदेशको डोल्पा तथा सुदुरपश्चिमको बाजुरा, अछाम लगायतका जिल्लाहरुमा खाद्यान्न दाल चामको अभाव देखिएको हो ।

दशैँ–तिहारजस्ता ठूला चाडवाड नजिकिँदैं गर्दा उक्त क्षेत्रहरुमा पहिलेको मौज्दात सकिएको र थप आपुर्ति हुन नसक्दा खाद्यान्नको अभाव भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । 

खाद्यान्न अभावको सूचना आएपनि वर्षामा आएको बाढी, पहिरोसँगै ती जिल्लासँग जोड्ने बाटो घाटो तथा पुल पुलेसाहरु भत्किँदा खाद्यान्न ढुवानीमा समस्या भएको कम्पनीका प्रवन्ध निर्देशक नेत्रप्रसाद सुवेदीले जाकारी दिए ।  

तर, सो क्षेत्रमा तत्काल खाद्यान्न ढुवानी गर्ने गरी खाद्यले प्रक्रिया अघि बढाइसकेको सुवेदीको भनाई छ । 

‘प्रमुखतः कर्णाली प्रदेशमा माथिल्लो डोल्पा र सुदर पश्चिम अछाम र बाजुरा लगायतका केहि ३–४ जिल्लामा अभाव दखिएकोले अछाम र बाजुरामा झण्डै आधाजस्तो खाद्यान्न सो क्षेत्रमा पठाइसकेका छौं ’, उनले भने, ‘बाँकी आधा पनि अब छिट्टै पठाउने तयारीमा छौं ।’

यसअघि हुम्ला जुम्ला, मुगु, जाजरकोट तथा माथिल्लो डोल्पाका सीमावर्ती क्षेत्रमा तिब्बतबाट खाद्यान्न आपूर्ति भइरहेकोमा तर कोभिड–१९ पछि चीनले समेत सो क्षेत्रमा आपूर्ति रोकेपछि खाद्यान्नको समस्या पर्न थालेको हो । 

सकरारले हवाईसेवा उपलब्ध हुने क्षेत्रसम्म हवाईमार्फत खाद्यान्न ढुवानी गर्ने र त्योभन्दा माथि असम्भव क्षेत्रमा स्थानीय खच्चडको प्रयोग गर्ने खाद्यको तयारी गरको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया