वामदेवको निर्णय भयो, कुलमानको भएन

३ बर्ष अगाडि

सकारले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ । केहीबेरअघि सम्पन्न बसेको मन्त्रीपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको हो ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो ।

गौतमलाई अब राष्ट्रपति राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नेछिन् ।  मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले जानकारी दिए । गौतमलाई गत फागुन १४ गते राष्ट्रियसभामा पठाउने भनेर नेकपा सचिवालय बैठकले निर्णय गरेको थियो ।

१८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यही निर्णय कार्यान्वयन गर्ने सोच बनाएको जानकारी गराएका थिए ।

आज जनताले प्रतिक्षा गरेर बसेको कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नेबारे भने मन्त्रीपरिषदमा कुनै निर्णय भएको छैन । 

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले भने कुलमानलाई दोहोर्याउनका लागि प्रस्ताव लैजाने भनेको भएपनि आज मन्त्रीपरिषद्मा कुनै प्रस्ताव पेश नभएको एक मन्त्रीले बताए । 

देशमा १८ घण्टे लोडसेडिङ्गको अन्त्य गर्ने र विद्युत प्राधिकरणलाई नाफामा लैजाने कुलमानलाई फेरी एकपटक मौका दिनुपर्ने जनताको माग रहेको थियो । सामाजिक सञ्जालमा धेरैले कुलमानलाई दोहो¥याउन माग गरेका थिए भने आजको मन्त्रिपरिषदले कुलमानलाई पुनः नियुक्ति दिने प्रतिक्षा गरेका थिए।  

बालुवाटारमा मन्त्रीपरिषद बैठक चलिरहँदा माइतिघर मण्डालामा कुलमानलाई पुन नियुक्त गर्नपर्ने भन्दै दवावमूलक कार्यक्रम पनि भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया