काठमाडौं – भोलि (बुधबार) मेरो शेयरको मोवाइल एप्स सार्वजनिक हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बुधबार उक्त मोवाइल एप सार्वजनिक गर्न लागेको हो ।
सीडीएससीले उक्त एपको आन्तरीक परिक्षण गरि सकेको छ । आन्तरीक परिक्षण सफल भएपछि सर्वसाधारणका लागि पनि त्यो सार्वजनिक गर्न लागिएको हो ।
पहिलो चरणमा एनड्रोईड मोेवाइलमा मात्र यो डाउनलोड गर्न सकिने छ । आईओएस सिस्टमको मोवाइल फोनको लागि पनि एप तयार गरिनेछ ।
हालसम्म मेरो शेयरको सफ्टवयर वेवबेस मात्र रहेको थियो । अब उक्त मोवालइ एप मार्फत पनि मेरो शेयर मार्फत गर्न सकिने काम हरु गर्न सकिने छ ।
बिशेषगरि आईपीओमा आवेदन दिन सकिने, शेयर विक्री पश्चात ट्रान्सफर गर्ने सुविधा यसमा हुने छ ।
अहिले मेरो शेयर सफ्टवयरमा बिभिन्न समस्याहरु देखिएका छन् । तर, मोवाइल एपमा भने त्यस्तो नहुने बताइएको छ ।
प्रतिक्रिया