४ अंकले घट्यो नेप्से , झन्डै २ अर्बको कारोबार

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ४.४७ अंकले घटेको छ ।

आज ११ बजे १५४०.५१ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा ०.२९ प्रतिशतले घटेर   १५३६.०३ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ३ उपसमुह भने  हरियोमा नै कायम रहेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९१ कम्पनीको ५७ लाख २३ हजार ५६३  कित्ता शेयर २८ हजार १४४ पटक खरिद विक्री हुदाँ १ अर्ब ८० करोड १ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया