होटल, आन्तरिक उडान र यातायात असोज १ देखि

३ बर्ष अगाडि

सरकारले होटल रेष्टुरेन्ट, अन्तरिक हवाई उडान र सबै प्रकारका यातायात भदौ १ देखि खुला गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले होटल रेष्टुरेन्ट, अन्तरिक हवाई उडान र सबै प्रकारका यातायात सुरु गर्ने निर्णय गरेको हो । 

तर सबैमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना पालना गर्र्नुपर्ने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । 

विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ भने सिट क्षमता अनुसार यात्रु राख्न नपाएपछि व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्नेछन् । 

तर कोरोना संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।

यसअघि सोमबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदा मन्त्रीहरुले असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला गर्ने जानकारी दिएका थिए । तर मन्त्रिपरिषदको निर्णय सुनाउने क्रमममा मन्त्री ज्ञवालीले असोज  १ देखि  नै यातायात सञ्चालन हुने जानकारी दिएका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया