मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) नयाँ र राम्रा अवसरहरू प्राप्त हुनेछन् । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) दैनिक कामकाजमा असर पर्नसक्छ, तर ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
प्रतिक्रिया